धुमधामका साथ पर्सामा मनाइयो माघी पर्व

76

वीरगन्ज,१ माघ ।
थारु समुदायको नयाँ वर्ष २६४२ पर्सामा पनि धुमधामले मनाइएको छ । नयाँ वर्षको अवसरमा माघि महोत्सव मुल समारोह समिति पर्साले आज वीरगन्जमा प्रभात फेरी निकाल्नुको साथै विभिन्न सांस्कृतिक कार्यक्रम गरी नव वर्षको शुभकामना साटा–साट गरेको छ ।
थारु समुदायको भाषा संस्कृति तथा पहिरनको साथै खानपान समेत झल्किने घण्टाघर चोकबाट निकालिएको प्रभात फेरी वीरगन्जको आदर्शनगर स्थित स्वीमि· पुल परिसरमा पुगी सभामा परिणत भएको थियो ।
माघि महोत्सव मुल समारोह समिति पर्साका संयोजक समाज सेवी प्रमानन्द चौधरीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपस्थित रहेका अतिथीहरुले नयाँ वर्षको शुभकामना दिदै थारु समुदायको भाषा तथा संस्कृतिलाई जगेडना गर्नुको साथै समुदायको हक अधिकारलाई संविधानमा समावेश गर्न सरकारलाई आग्रह गरेका थिए ।
कार्यक्रममा थारु समुदायको समाचकेवा, रोपाई तथा विवाह गीत संगै झम्मटा लगायतका विभिन्न सांस्कृतिक नृत्य प्रस्तुत गरिएको थियो ।
कार्यक्रम स्थालमा मुल समारोह समितिले विक्रीकालागि राखेको थारु समुदायको मुख्य परिकार, घोङ्गी, परेवा तथा हाँसको मासु, मुसाको मासु र भुजा लगायतका परिकारको सर्वसाधारणले स्वाद लाभ लिएका थिए ।

https://ankushdaily.com/