Home समाचार प्रदेश प्रमुख र राजधानी तोकियो

प्रदेश प्रमुख र राजधानी तोकियो

by अंकुश दैनिक
1 views

काठमाण्डौ ३ माघ ।
काठमाडौँ — सरकारले सातवटा प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको छ ।बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेशका प्रमुख र ‘अस्थायी राजधानी’ तोकेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
सरकारले १ नम्बर प्रदेश प्रमुखमा डा. गोविन्द सुब्बा, २ नम्बर प्रदेश प्रमुखमा रत्नेश्वरलाल कायस्थ, ३ मा अनुराधा कोइराला, ४ मा बाबुराम कुँवर, ५ को उमाकान्त झा, ६ को दुर्गाप्रसाद खनाल र ७ को मोहनराज मल्ललाई तोकिएको छ।
मन्त्रिपरिषद् बैठकले प्रदेशको अस्थायी मुकाम पनि तोकेको छ। अर्थमन्त्री कार्कीका अनुसार १ नम्बर प्रदेशको अस्थायी राजधानीमा विराटनगर, २ को जनकपुर, ३ को मकवानपुर, ४ को पोखरा, ५ को रुपन्देही, ६ को सुर्खेत र ७ को धनगढीलाई तोकिएको छ।
अस्थायी राजधानी तोक्ने विषयमा मन्त्रिपरिषदमा पनि विवाद भएको थियो। विवादकै कारण बिहानको मन्त्रिपरिषद् बैठक निर्णय नगरी स्थगित भएको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.