मेयर सरावगीद्वारा महानगरमा मनपरी, वडाअध्यक्षहरुद्वारा बोर्ड बैठक बहिष्कार

12

वीरगंज, ३ माघ ।
वीरगंज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले आफ्ना स्वकीय सचिवलाई हटाएका छन् ।
सरावगीको चुनावताका मरिमेटेर लाग्ने फोरमका जुझारु युवा नेता एवं मुख्य रणनीतिकार मध्ये एक तबरेज अह्मदलाई उनले आफ्ना स्वकीय सचिव नियुक्त गरेकोमा फोरमका युवा पंक्ति खुसी थिए ।
तर अचानक मेयर सरावगीले तबरेजलाई हटाएर पूर्व नगरप्रमुख एवं हाल पर्सा क्षेत्र नं. २ बाट निर्वाचित सांसद बिमल प्रसाद श्रीवास्तवको नातामा साढुभाई पर्ने सुमन श्रेष्ठलाई आफ्नो स्वकीय सचिवमा सरावगीले नियुक्त गरेको खबर प्राप्त भएको छ ।
यसैगरी मेयर सरावगीले यस अघि नियुक्त गरेका प्रेस सल्लाहकार गोबिन्द देवकोटाको ठाउँमा वीरगंजका चर्चित पत्रकार अनिल तिवारीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेका छन् ।
बुधबार बसेको महानगरपालिकाको बोर्ड बैठकमा मेयर सरावगीले जथाभावी आफु खुसी एजेण्डा ल्याउन थालेपछि नेपाली कांग्रेसको टिकटबाट निर्वाचित भएका वडाअध्यक्षहरु बोर्डको बैठक बहिष्कार गरेको वडाअध्यक्ष अरबिन्द गुप्ताले अंकुशलाई बताए ।