स्थानीय प्रशासनद्वारा अदालतको अवज्ञा

1

वीरगंज, ३ माघ ।
पर्सा जिल्ला अदालतका माननीय न्यायाधिश बद्री प्रसाद ओलीको आदेशलाई स्थानीय प्रशासनले अवज्ञा गरेको छ ।
जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ३ बस्ने एसएस कन्स्ट्रक्सनका प्रोप्राइटर नाजमा बेगमले जिल्ला प्रशासन कार्यालय पर्सा समेतलाई बिपक्षी बनाइ दिएको रिट निवेदन उपरमाथि माननीय न्यायाधिश ओलीले स्थानीय प्रशासनको विरुद्ध निषेधाज्ञा जारी गर्नु भएको थियो । नारायणी उपक्षेत्रिय अस्पतालभित्र संचालनमा रहेको १४ वटा अँैषधी पसललाई स्थानीय प्रशासनले पुस २८ गते तालाबन्दी गरेको थियो ।