लायन्स क्लब अफ वीरगंज सिलभर स्प्रिड्डद्वारा कम्बल वितरण

8

वीरगंज, ४ माघ ।
वीरगंज–२८ बगहीको दरदरवामा लायन्स क्लब अफ वीरगंज ‘सिल्भर स्प्रिड्ड’ले कम्बल ,पन्जा,टोपी सहयोग स्वरुप वितरण गरेको छ ।
चिसोबाट प्रभावित ३५ दलित परिवारलाई कम्बल, बालबालिकालाई टोपी र पन्जा वितरण गरेको हो । बगहीमा कार्यक्रम आयोजना गरी चिसोबाट प्रभावित परिवारलाई कम्बल,पन्जा,टोपी वितरण गरिएको थियो । पहल संस्थाको सहजीकरणमा लायन्स क्लब अफ वीरगंज सिभल्भर स्प्रिड्डले वडा पदाधिकारीको रोहबरमा न्यानो कपडा बाडेको हो । सो अवसरमा वडा अध्यक्ष गिरजा देवीका श्रीमान जयनारायण राउत कुर्मी, वडा सदस्य रामविनय राउत कुर्मी, दलित महिला सदस्य कैलसिया देवी, बगहीको देवनाथ पटेल, शिक्षक श्रीनाथ मिश्र, ललन पटेल, लायन्सको सिल्भर स्प्रिड्डगका अध्यक्ष रौनक क्याल, कार्यक्रम संयोजक मोहित डोकानिया लगायतको सहभागिता रहेको थियो ।