दुधेश्वर महादेव रामभौरी भाठ्ठामा भव्य मेलाको तयारी

25

वीरगंज, ७ माघ ।

पर्सा राष्ट्रिय निकुञ्जमा पर्ने दुधेश्वर महादेव मन्दिर रामभौरी भाठ्ठाको निकै नाम चलेको र धार्मिक शक्तिले भरिएको महादेव मन्दिर पर्साको पर्यटकीय ठाउँको रूपमा चिनिने दुधेश्वर महादेव मन्दिरमा यही माघ ८ गते सोमबार माघ शुक्लपक्ष पञ्चमी अर्थात श्रीपञ्चमीको दिन देखि दुई दिन सम्म भव्य मेला लाग्ने तयारी भएको छ ।  उक्त मेला दर्शन गर्न जाने दर्शनार्थी भक्तजनहरुको ठुलो भिड लाग्ने भएकोले मेला सुरक्षाको लागि मेला समिति, नेपाल प्रहरी, सशस्त्र प्रहरी र पर्सा बन्यजन्तु आरक्षका नेपाली सेनाले मेला सुरक्षाको लागि तैनाथ रहने मेला समितिका सदस्य द्वारीका उपाध्यायले बताउनु भएको हो । यो मेला हेर्नको लागि भारतको अरेराज, त्रिवेणी, देवघाटबाट जल भरेर आउने बोलबम, कवरीया, कहरथुवाहरुको दर्शन गर्नेको लागि एकदमै भिड हुन्छ ।  धार्मिक जन विश्वास अनुसार आफ्नो भाखल पूरा भएका दर्शनार्थीहरु भजन किर्तन, कथा, अष्टयाम, लगाएतको पुजा गरिने चलन रहि आएको पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले बताउनु भएको हो । जंगल यात्राको क्रममा जंगली जनावरबाट भक्तजनहरुको ज·ली जनावरबाट बच्नको लागी कडा सुरक्षाको व्यवस्था गरिएको छ ।  बन्यजन्तुको बाँस स्थान मेलाले गर्दा हो–हल्ला नाँचगान हेर्न साउन्डले गर्दा खैलाबैला मच्ने गरेको र उक्त स्थानबाट जनावर अन्यत्र भाग्ने गरेकोले मेलामा हर्न बजाउन निषेध गरिएको छ ।  शान्ति पुर्ण तरिकाले मेला आवागमन गरिने पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताउनु भयो । यो मेला बर्षमा बैशाख, श्रावण र माघ गरि तीन पटक लाग्ने गर्दछ ।  धर्मिक जन विश्वासले दर्शनार्थी भक्तजन तथा कावरिया बोलबमले दुधेश्वर महादेवको पुजा गर्दा आ–आफ्नो भाखल पूरा हुने भएकाले मेलामा अष्टजाम, भजन किर्तन, पाठवाचन गरिन्छ । साथै यो सब गर्दा सुख शान्ति मिल्ने भएकाले गत बर्षको तुलनामा यस बर्ष मेलालाई राम्रो व्यवस्था मिलाईएको पटेर्वा सुगौली गाउँपालिकाका वार्ड नम्बर,२ गादीका वडाध्यक्ष बिजय गौरोले बताउनु भएको हो ।