पत्रकार महासंघको निर्णय प्रति फोनिजको आपत्ति

47

वीरगंज, ७ माघ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको चौथो बैठकले शाखाको सदस्यता नविकरण सुद्धिकरण तथा नयाँ सदस्यता वितरण छानविन गर्न गठन गरेको उपसमिति प्रति नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) पर्साले आपत्ति जनाएको छ । सो समितीमा आदिवासी जनजाती पत्रकार महासंघलाई नसमेटिए फोनिजले चरणबद्ध आन्दोलन गर्नुको साथै तालाबन्दी  समेत गर्ने एक प्रेस विज्ञप्ती प्रकाशित गरी जनाएको छ ।  महासंघ आफ्ना मांग प्रति जिम्मेवार नभएमा भविष्यमा हुन सक्ने अप्रिय घटना प्रति पत्रकार महासंघ स्वयं जिम्मेवार हुने फोनिज पर्साका उपाध्यक्ष जगत राईले जनाएका छन ।

https://ankushdaily.com/