मुसहर बस्तिमा न्यानो कपडा वितरण

46

कलैया, ७ माघ ।
कलैया उपमहानगरपालिकाको वडा नं. ३ को मुसहर बस्तिमा ४५ जनालाई कलैया सिटी जेसिजले आईतबार न्यानो कपडा वितरण गरेको छ । तराईमा करिब महिना दिनदेखि चलिरहेको शितलहरमा सिद्धेश्वर संस्कृत माविको पछाडि बसीरहेका मुसहर बस्तिमा यस अघि कसैलेपनि कुनै किसिमको सहयोग गरेका थिएनन् । शहरी गरिबी निवारण मञ्च र कलैया सिटि जेसिजको अगुवाईमा सो मुसहर परिवारलाई सहयोग गरिएको हो ।

https://ankushdaily.com/