वीरगन्ज,२१ माघ ।
प्रादेशिक राजधानीको मांग गर्दै आह्वान गरिएको एक दिने बन्दको कारण पर्सावासिको जनजिवन प्रभावित भएको छ । वीरगन्ज राजधानी संर्घष समितिको आह्वानमा आइतबार वीरगन्जको बजारदेखी यातायात बन्द भएपछि जिल्ला वासिको जनजिवन प्रभावित भएको हो ।
बन्दलाई सफल बनाउन आन्दोलनकारीहरु विहानै देखी वीरगन्जको घण्टाघर, माइस्थान, आदर्शनगर, छपकैया, मुर्ली, पावरहाउस, गण्डक, नगवा र इनर्वा लगायतका चोकमा विहानै देखी टायरबाली प्रदर्शन गरेका छन् ।
संर्घष समितिको आह्वानमा गरिएको एक दिने बन्दलाई सफल बनाउन आन्दोलनकारीहरु विहानै देखी वीरगन्जको विभिन्न चौकमा टायरबाली सार्वजनिक तथा निजी यातायात, बजार, उद्योग वित्तिय संस्था तथा विद्यलाय समेत बन्द भएको थियो ।
बन्द अवज्ञा गरेको भन्दै वीरगन्जको घण्टाघर चोक र आदर्शनगर चोकमा आन्दोलनकारीले सार्वजनिक सवारी साधानमा तोडफोड गरेका छन् । आन्दोलनकारीहरुले विहान घण्टाघर चोकमा बि. आर ०५ पि.आर ३०४० नम्बरको स्कार्पियो जिपमा तोडफोड गरेको प्रहरीले जनाएको छ । संर्घष समितिले आह्वान गरेको बन्दको कारण वीरगन्जबाट मुलुकको विभिन्न स्थानका लागि संचालन हुने लामो तथा छोटो दुरीका सार्वजनिक सवारी साधन संचालन हुन नसकेपछि वीरगन्जको बसपार्कमा सयकडौ यात्री अल्पत्र परेका छन् ।
एम्बुलेन्स, बारुणयन्त्र, पर्यटक सवार वाहन, संचार माध्यमका सवारी साधन, मोटरसाईकल, साईकल बाहेका अन्य सबै सवारी साधन संचालनमा आन्दोलनकारीले रोक लगाएका थिए भने होटल, औषधी पसललाई मात्र संचालन गर्न दिएका थिए ।
बन्दको क्रममा आन्दोलनकारीबाट हुन सकिने जन धनको क्षतीलाई रोक्न वीरगन्जको चोक चोकमा उल्लेख्य संख्यामा नेपाल तथा सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।