स्कुलमा नि:शुल्क स्वास्थ्य शिविर

5

वीरगंज, २१ माघ ।
सुर्योदय इ·लिस प्रा.लि.ले नि:शुल्क विद्यार्थी एवं अभिभावकहरुको स्वास्थ्य परिक्षणको कार्यक्रम आईतबार सम्पन्न गरेको छ । डा. मनोज प्रसाद यादवको नेतृत्वमा आएको टोलीले सो स्कुलमा पढ्ने विद्यार्थी एवं अभिभावकहरुको स्वास्थ्य परिक्षण गरेको थियो । सो स्वास्थ्य परिक्षणको दरम्यान विद्यार्थी एवं अभिभावकहरुमा दाँत, कान, आँखा र टाउँको बढी दुख्ने समस्या बढी भएको सो स्कुलका प्रिन्सिपल बिराज यादवले बताएका छन् ।