गुप्ताको जीतपछि वीरगंजका यातायात व्यवसायीहरु खुसी

7

वीरगंज, २२ माघ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको हालै सम्पन्न महाधिवेशनमा वीरगंजका यातायात व्यवसायी प्रभु प्रसाद गुप्ता निर्वाचित हुनु भएको छ । वि.सं. २०३६ सालमा स्थापना भएको यो महासंघमा हाल सम्म प्रजातन्त्रवादीहरु कै नेतृत्वमा रहदै आएको भएतापनि यस पटक यो महाधिवेशनमा केन्द्रिय उपाध्यक्ष जस्तो पदमा मधेशी मुलका प्रभु प्रसाद गुप्ता पहिलो पटक निर्वाचित हुनु भएको छ ।  २०४० साल देखि यातायात व्यवसायमा संलग्न प्रभु प्रसाद गुप्ता नारायणी अञ्चल यातायात व्यवसायी संघका संस्थापक अध्यक्ष भई ६ पटक यस संस्थालाई नेतृत्व प्रदान गरेका थिए । २०५८ सालमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सचिव भईसक्नु भएका गुप्ता महासंघका सल्लाहकार समेत हुन । गुप्ताको जित पछि वीरगंजका यातायात व्यवसायीहरुमा खुसीयाली छाएको छ ।