पिडित किसानहरुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

5

वीरगंज २२ माघ ।  आई.सी.पी.नेपाल ( मुआब्जा पिडित किसान परिवार संघर्ष समिति बीरगंजका अध्यक्ष सुमेश्वर नाथ उपाध्यायको अध्यक्षतामा आज सुख्खा बन्दरगाह भन्सार कार्यालय डूूाईपोर्ट नजिक चौरीमा बसेको बैठकले नेपाल सरकारलाई पिडित किसानहरुको खेती योग्य जग्गाको रकम यहि माघ २५ गते भित्र उपलब्ध गराउनको लागी अल्टिमेटम सहित पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाई भोली दिउसो १ बजे ज्ञापन ( पत्र बुझाउने कार्यक्रम रहेको कुरा संघर्ष समितिका सचिव रामाकान्त कुर्मीले बताउनु भयो ।उक्त आई.सी.पी.नेपाल परियोजनाले परियोजना निर्माण गर्नका लागी किसानहरुबाट लिएको खेती योग्य जग्गाको मुआब्जा परियोजनाले नै मुल्य तोकेर सम्बन्धित निकायमा सिफरीस गरे अनुकुल नेपाल सरकारले पिडित किसानहरुलाई हाल सम्म मुअब्जाको रकम उपलब्ध नगराएको हुूदा बाध्य भई पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधान मन्त्रीलाई ज्ञापन पत्र बुझाउने र सो ज्ञापन पत्र माघ २५ गते सम्म कुनै किसिमको सुनुवाई समेत गरीएन भने माघ २६ गते देखी चरणबद्ध रुपमा आई.सी.पी.नेपालको मुल गेट अगाडी धर्ना लगायत आन्दोलनको कार्यक्रमहरु गर्ने मुआब्जा पिडित किसान परिवार संघर्ष समितिका अध्यक्ष उपाध्यायले स्थानिय सञ्चारकर्मीहरुलाई जानकारी गराउनु भयो । आर.सी.एनबाट