प्रेस चौतारीद्धारा प्रभात फेरी

74

बीरगन्ज, २२ माघ । बामपन्थी पत्रकारहरुको संस्था प्रेस चौतारीको २० औं स्थापना दिवसमा प्रेस चौतारी पर्सा शाखाले सोमबार प्रभातफेरी गरेको छ । वीरगंजको घण्टाघरबाट शुरु भएको सो प्रभातफेरी पुन: घण्टाघरमा आई कोण सभामा परिणत भएको थियो । कोण सभामा प्रेस चौतारी नेपालका प्रदेश न. २ का प्रमुख लालबाबु शेख, नेपाल पत्रकार महासंघका अध्यक्ष श्याम बन्जारा, पूर्व अध्यक्ष केसि लामिछाने , सत्रुधन नेपाल , पूर्व उपाध्यक्ष ध्रुव साह, प्रेस मञ्चका केन्द्रिय अध्यक्ष संतोष पटेल लगायतकाले शुभकामना व्यक्त गर्नु भएको थियो । आफनो स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल पर्साले हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्ने घोषणा समेत गरेको छ । चौतारीका अध्यक्ष अनुप तिवारीले कोण सभालाई सम्बोधन गर्दै हरेक वर्ष स्थापना दिवसको अवसरमा पर्साका एक जना कृयाशिल पत्रकारलाई १५ हजार नगद सहित पुरस्कृत गर्ने घोषणा गर्नु भयो । कार्यक्रमको सहजिकरण चौतारी पर्साका सचिव संजिव मिश्राले गर्नु भएको थियो । कार्यक्रम प्रेस चौतारी पर्साका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको थियो ।

https://ankushdaily.com/