‘एक साताभित्र पार्टी एकता हुन्छ’

3

बिर्तामोड, २९ माघ :
नेकपा (माओवादी केन्द्र) सचिवालय समिति सदस्य जनार्दन शर्माले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा(एमाले) अध्यक्ष केपी शर्मा ओली दुवै पार्टीको अध्यक्ष रहने गरी ढाँचा बनाएर भए पनि केही दिनभित्रै पार्टी एकता हुने बताउनुभएको छ । बिर्तामोडमा प्रेस सेन्टर झापाको आयोजनामा भएको पत्रकार सम्मेलनमा माओवादी नेता शर्माले आइतबार भएको दुवै पार्टीको शीर्ष नेतृत्वको बैठकले समेत पार्टी एकतालाई छिट्टै टुंगोमा पुर्‍याउने निर्णय गरेको जानकारी दिनुभयो ।
एकताको ढाँचालाई संयोजन समितिमार्फत एक दुई दिनमै टुंग्याइने र सरकार निर्माणको प्रक्रियामा अगाडि बढ्ने गरी सहमति भएको उहाँको भनाइ छ । (रासस)