पत्रकार घोरसाइने पुरस्कृत

22

कलैया,२९ माघ ।
बारा जिल्लाबाट प्रकाशित कृपा दैनिकले स्थापना गरेको पुरस्कार पत्रकार गोकुल घोरसाइनेलाई प्रदान गरिएको छ । स्वर्गीय उमादेवी कृयाशिल पत्रकारिता पुरस्कारबाट बाराका कृयाशिल पत्रकार घोरसाइनेलाई पुरस्कृत गर्न लागिएको हो । कृपा दैनिक पत्रिकाका प्रधान सम्पादक नवराज उपाध्यायकी धर्मपत्नी एवम् कृपा दैनिक पत्रिकाका सम्पादक कमल कुमार उपाध्यायकी ममतामयी माता स्वर्गीय उमा(जानकी)देवी उपाध्यायको नाउँबाट स्थापना गरिएको नवजान कल्याण कोषले रु.३० हजार नगद सहित पत्रकार घोरसाइनेलाई सम्मान गर्न लागेको हो । जानकी उपाध्यायको २०७१ साल श्रावण १५ गते निधन भएपछि उहाँकै सम्झनामा कृपा दैनिक पत्रिकाले स्वर्गीय उमा(जानकी)देवी पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।