नगरप्रमुखको पहलमा शिक्षकहरुको आन्दोलन स्थगीत, बिहिबारदेखि सम्पुर्ण विद्यालय सचांलन गर्ने सहमती

9

वीरगंज, २ फागुन ।
तलब भत्ता बिद्यालयले पाउने अन्य सेवा सुविधाको मांग गर्दै पर्साका शिक्षकहरुले सुरु गरेका आन्दोलन वीरगंज महानगरपालिकाका नगरप्रमुख (मेयर) विजयकुमार सरावगीको पहलमा स्थगीत भएको छ । बुधबार देखी नगरका सम्पूर्ण विद्यालयहरु बन्द गरेर शिक्षकहरुले सुरु गरेको आन्दोलन महानगरपालीकासगं भएको वार्ता पछि स्थगीत भएको हो ।
तलबभत्ता र विद्यालय अनुदानका रकमहरु विद्यालय खातामा पठाउनु पर्ने मांग लिएर महानगरपालीका घेराउ गर्न आएका सामुदायिक विद्यालयका शिक्षकहरुको समस्या समाधानको लागी नेपाल शिक्षक महासंघ पदाधिकारी, नगर प्रमुख विजयकुमार सरावगी, उपप्रमुख शान्तीकार्कि र प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद रेग्मी, वरिष्ठ अधिकृत सुमन श्रेष्ठको उपस्थितीमा भएको सहमती पछि शिक्षकहरुले आन्दोलन स्थगीत गरेका हुन् । नेपाल शिक्षक महासंघ पर्सा र वीरगंज महानगरपालिका विच भएको ४ बुन्दे सहमती पछि आन्दोलन स्थगीत गरिएको महासंघ पर्साका अध्यक्ष तिर्थराज प्रसाद यादवले बताउनु भयो । शिक्षा कार्यालय पर्साबाट शिक्षकहरुको दरबन्दी लगायत अन्य विषयहरुलाइ व्यवस्थित गर्न शिक्षक राजनदासलाइ केहि समयको लागी महानगरपालीकामा काजमा खटाउने, महानगरपालीकाले तलब र अन्य सुविधा निकासाको लागी मन्त्रालयमा पहल गर्ने लगायत ४ बुन्दे सहमती भएको महानगपालीकाका प्रमुख प्रशासकिय अधिकृत गोपाल प्रसाद रेग्मीले बताउनु भयो ।
उहाले शिक्षा मन्त्रालयले फागुन ६ गतेसम्म शिक्षकहरुको तलब निकासा नगरे महानगपालीकाको नेतृत्वमा शिक्षक महासघंको प्रतिनिधि समेतको टोली राजधानीमा जाने सहमती समेत भएको रेग्मीको भनाइ रहेको थियो ।