पर्साको महुवनमा फेलापर्‍यो अढाई हजार वर्ष पूरानो मुर्ती

13

बिजय चौहान
वीरगन्ज,२ फागुन ।
पर्साको सखुवाप्रसौनि गाँउपालिकामा दुई हजार पाँच सय वर्ष पुरानो मुर्ती फेला परेको छ । गाँउपालिकाको वडा नं.५ महुवनमा रहेको पारशनाथ मन्दिरमा दुई हजार पाँच सय वर्ष पुरानो जैन धर्मका २३ औं तिर्थन्कर भगवान पारशनाथको मुर्ती फेला परेको हो ।
भारतबाट भ्रमण गर्न नेपाल आएकी जैन स्वयताम्बर तेरापन्थ समाजकी साध्वी डा. प्रियलताले पारशनाथ मन्दिर र त्यसमा राखिएका मुर्तीहरुको अवलोकन गरेपछि काउसक जीन मुद्रामा रहेको जैन धर्मका २३ औ तिर्थन्कर भगवान पारशनाथको प्रचिन मुर्ती भएको जानकारी दिनुभयो । उहाँले पारशनाथको मुर्ती फेला परेको मन्दिर जैन मन्दिर रहेको र यसलाई करिब एक हजार २ सय वर्ष पहिले मकवानपुरे राजा शिवले निर्माण गराएको दावी गर्नु भयो ।
राजा शिवसमेत जैन धर्म मान्ने व्यक्ति भएकाले उनले महुवनामा जैन मन्दिर निर्माण गराई अढाई हजार वर्ष पुरानो पारशनाथको मुर्ती स्थापना गरेको हुन सकिने साध्वी प्रियलताको भनाइ रहेको छ ।
मन्दिरको अवलोकन गर्दा आज महुवन पुगेकी साध्वीहरुको स्वागतका लागि गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै डा. प्रियलताले महुवनबासि र नेपाल सरकारले अनुमति दिए जैन धर्मका २३ औं तिर्थन्कर पारशनाथको मुर्ती फेला परेको मन्दिर र यस क्षेत्रकै विकासका लागि जैन तेरापन्थ समाज ट्रष्टलाई आग्रह गर्ने प्रस्ताव राख्नु भयो । उहाँले गाउपालिका, प्रादेशिक सरकार र नेपाल सरकारले अनुमति दिए महुवनमा रहेको पारशनाथ मन्दिरको जिर्णउद्धार गर्नुको साथै यहा, विद्यलाय, कलेज, अस्पताल, धर्मशाला जस्ता पुर्वाधार निर्माणका लागि आफु तेरापन्थ महासभालाई आग्रह गर्ने जानकारी दिनुभयो ।
गाँउपालिकाका अध्यक्ष प्रदीप जैसवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रतिनिधी सभाका सदस्य हरिनारायण रौनियारले महुवनामा फेलापरेको प्रचिन मुर्ती जैन धर्मका २३ औं तिर्थन्कर भगवान पराशनाथको भएकाले यस क्षेत्रको जैन समुदायका लागि अत्याधिक महत्व भएकाले यसक्षेत्रको सुरक्षाका लागि स्थानिय प्रहरी प्रशासन देखी यसको पुरातात्वीक महत्वबारे अनुशनधान गर्न पुरातत्व विभागलाई समेत आग्रह गर्ने दावी गर्नु भयो ।
उहाँले यस क्षेत्रमा पुर्वाधार निर्माण गर्न जैन तेरापन्थ समाज इच्छुक भए उनलाई आवश्यक सबै सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नु भयो । कार्यक्रममा अखिल तेरापन्थ महासंघका नेपाल प्रभारी अशोक बैधले जैन धर्मका २३ औं तिर्थन्कर पारशनाथको प्राचिन मुर्ती फेला परेपछि यस क्षेत्रको धार्मीक पर्यटकिए महत्व बढेकाले यसक्षेत्रमा सडकहरुलाई सहज अवागमनका लागि तयार गर्न गाउँपालिकालाई आग्रह गर्नुभयो ।
मन्दिर अवलोकन गर्न मुहवन पुगेका जैन साध्वीहरुलाई महुवनबासिले भब्य स्वागत गरेका थिए ।