वीरगंज, २ फागुन ।
पर्साको पेटर्वा सुगौली गाँउपालिकाको वडा नम्बर १ र ३ लाइ यहि फागुन ७ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने भएको छ । सरोकारवाला निकायले बुधबार दुवै वडामा गरेको स्थलगत अनुगमनका क्रममा ती दुवै वडामा रहेका सबै एक हजार ३१ घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आइसकेको अवस्था भेटिएकाले यहि फागुन ७ गते ती दुवै वडालाइ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न लागिएको हो । स्थलगत अनुगमन पछि बसेको वडा स्तरीय खानेपानी , सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले दुवै वडालाइ फागुन ७ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको अरुणोदय युवा क्लबका कार्यक्रम संयोजक रोशन गुप्ताले जानकारी दिनु भयो । आजको स्थलगत अनुगमन गर्न गएको टोलीमा पटेर्वा सुगौली गाँउपालिकाकी उपप्रमुख ममता महत्तो थारु, नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति फुल महम्मद मिया, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका निमित्त प्रमुख रामहित यादव ,युएन ह्याबिटयाटका पर्सा संयोजक सरोज चौरसीया, जिल्ला समन्वय समिति पर्साका अधिकृत धर्मराज थापा , वडा नम्बर १ का अध्यक्ष फरमान मिया , वडा नम्बर ३ का वडा अध्यक्ष महादेव थारु , अरुणोदय युवा क्लबका महासचिव सुरज पण्डित , रोशन गुप्ता , नेपाल पत्रकार महासंघ पर्सा शाखाका सचिव युवराज खड्का लगायतको सहभागीता रहेको थियो ।
यस्तै पर्साको पटेर्वा सुगौली गाउपालिका ५ निचुटालाइ पनि आगामी फागुन १४ गते खुल्ला दिशामुक्त क्षेत्र घोषणा गरिने भएको छ । बुधबार भएको स्थलगत अनुगमनका क्रममा त्यहाका प्राय सबै घरधुरीमा शौचालय बनिसकेको अवस्था भेटिएकाले फागुन १४ गते उक्त वडालाइ खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको डी वास सि सि टास्क फोर्सले जनाएको छ । अनुगमन टोलीमा जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्साका निमित्त प्रमुख एंव ईन्जिनियर रामहीत यादव, जिल्ला समन्वय समिति पर्साको समाजिक बिकाश शाखाका अधिकृत धर्मराज थापा, नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति फुल महम्मद मिया,वडा नम्बर ५ का वडाध्यक्ष मोतिलाल साह लगायतको सहभागिता रहेको थियो ।