नेपाली कांग्रेस पर्साको बन्द घुंघटा, नेता अनिल रुङ्गटाले उघारे

60

वीरगंज, १६ फागुन ।
हिन्दीमा एउटा उखान छ ‘शेर जब दो कदम पिछे लेता है तो वो भाग्ने के लिए नही बल्की झपट्ने के लिए तयार होता है’ ठीक यही शैलीमा पूर्व माननीय अनिल रुङ्गटा पर्सामा देखा परेका छन् । नेपाली कांग्रेस पर्साका पार्टी सभापति अजय कुमार द्विवेदीले मृत बनाएको पार्टीलाई अनिल रुङ्टाले ज्यान फुकेको नेपाली कांग्रेस पर्साको कार्यालयमा बुधबार कार्यकर्ताहरुले एक आपसमा चर्चा गरिरहेका थिए । नेपाली कांग्रेसमा लागेर कैयौ पटक लाभ लिएर अकुत सम्पति कमाउन सफल भएतापनि कुनै कार्यकर्ताहरु सभापति द्विवेदीको अपनत्व हासिल गर्न सकेका छैनन् । भगवानले सब थोक दिएतापनि आफ्नो कन्चुस शैलीको कारण देशभरी प्रसिद्धि कमाएका अजय द्विवेदीले अहिले पर्सा कांग्रेसलाई ल·डो बनाएका छन् । चुनाव अगाडी जिम्मेवार कार्यकर्ताहरुलाई कुनै काम दिन नसकेका द्विवेदी चुनावपछि झन–झन निष्कृय बन्दै गएकोले उनको विकल्प खोज्न कार्यकर्ताहरु तयार भएर बसिरहेको बताइन्छ । राजतन्त्रपछि हालसम्म धेरै वर्ष सत्ता चलाएको पार्टी नेपाली कांग्रेसका कार्यकर्ताहरु अहिले निरिह बनेर बसिरहेकाले उनीहरुको मनोबल उचाल्न अनिल रुङ्गटा जस्तै जुझारु र हात खुल्ला भएको नेताको खोजीमा कार्यकर्ताहरु बसेका छन् ।