नेशनल मेडिकल कलेज माथि अन्याय भएको छ : मेयर सरावगी

47

वीरगंज, १६ फागुन ।
रेडियो वीरगंजमा आयोजित एक कार्यक्रममा पुग्नु भएका वीरगंज महानगरपालिकाका नगरप्रमुख बिजय कुमार सरावगीले नेशनल मेडिकल कलेज माथि अन्याय भएको बताएका छन् । तत्कालिन वीरगंज उप–महानगरपालिकाका राजश्व प्रमुख शान्त बस्नेतले आफ्नो छोरीको भर्ना गराउनका लागि अनेक प्रपञ्च रची मेडिकल कलेजलाई दु:ख दिने उद्देश्यले नेशनल मेडिकल कलेजमाथि जथाभावि कर लगाएको बताए । नेशनल मेडिकल कलेजले तत्कालिन वीरगंज उप-महानगरपालिकाका कर्मचारीहरुलाई कलेज भित्र प्रवेश निषेध गरेको र कर तिर्न आनाकानी गरेको कैयौ पटक सेटलमेन्ट गरेपनि हालसम्म फर्छौट नगरेको सन्दर्भमा पत्रकारहरुले जिज्ञासा राखेपछि अब सब काम हुने मेयर सरावगीले बताए ।

https://ankushdaily.com/