संघीय प्रेस फोरमद्वारा होली मिलन

10

वीरगंज, १६ फागुन ।
संघिय प्रेस फोरम पर्साको आयोजनामा बुधबार होलि मिलन समारोह कार्यक्रम सम्पन्न भएको छ । रेडियो वीरगंज एफएमको प्रांगणमा भएको समारोहमा सहभागी भएका व्यक्तिहरु अबिरको टिका लगाएर होली मिलन समारोहलाई सफल बनाएका थिए ।
संघीय प्रेस फोरम पर्साको अध्यक्ष राजा कुमार पटेलको अध्यक्षतामा र पर्सा क्षेत्र नं. ३ को प्रतिनिधी सभा सदस्य हरिनारायण रौनियारको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरगंज महानगरपालिकाको मेयर बिजय सरावगी, उद्योग वाणिज्य संघ पर्साको उपाध्यक्ष सुबोध गुप्ता, संघीय समाजवादी फोरम नेपाल पर्साको उपाध्यक्ष सुन्दर कुर्मी, वीरगंज नगर अध्यक्ष मुकेश द्विवेदी, नेपाल बार एसोशिएसन पर्साको अध्यक्ष रामशिष यादव, नेपाल पत्रकार महासंघ पर्साको अध्यक्ष श्याम बञ्जारा, पूर्व अध्यक्ष दीपेन्द्र चौहान, अशोक तिवारी, संघीय प्रेस फोरमको सल्लाहकार ध्रुव साह, बिजय कुशवाहा लगायतको सहभागिता रहेको थियो ।