विभिन्न देशका मुद्रा सहित भारतीय नागरिक पक्राउ

25

बीरगंज, २ मंसिर ।
वीरगंजको भन्सार क्षेत्रबाट सशस्त्र प्रहरीले चेकजाँचको क्रममा आइतबार विभिन्न २२ देशका मुद्रा र ठूलो परिणाममा रहेको एटिएम कार्ड, आईएमई कार्ड सहित एक भारतिय नागरिकलाई पक्राउ गरेको छ ।
भन्सार क्षेत्रमा खटिएको सशस्त्र प्रहरीको गस्ती टोलीले विभिन्न २२ देशका मुद्रा र कागजात सहित भारत उत्तरप्रदेश जौनपुरका रामनाथ यादवलाई पक्राउ गरेको सशस्त्र प्रहरी भन्सार गुल्मका प्रमुख तिलक खड्काले बताउनु भयो ।
यादवले बोकेको झोलाबाट प्रहरीले विभिन्न भारतीय बैंकका ५३ वटा एटिएम कार्ड, विभिन्न व्यक्तिका ४४ थान परिचय पत्र, आईएमई कार्ड ३० थान सहित भारतीय मतदाता परिचय पत्र, लाइसेन्स, भारतीय रहदानी २ थान र एक पोका नक्कली सुँनका गहना लगायतका समान बरामद भएको खड्काले जानकारी दिनुभयो । पक्राउ परेका यादवलाई थप कारवाहीको लागी सशस्त्र प्रहरीले आजै जिल्ला प्रहरी कार्यलय पर्सामा बुझाएको छ ।
यसैगरी भारतबाट लुकाई छिपाई ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले वीरगंजको भन्सार क्षेत्रबाट करिब ६० हजार बराबरको कपडा बरामद गरेको छ । राजस्व तथा भन्सार सुरक्षा गुल्मका सशस्त्र प्रहरी निरिक्षक पदम बहादुर खड्काको नेतृत्वमा रहेको टोलीले ना १ ह ७७२६ नम्बरको इरिक्सामा लुकाई छिपाई ल्याउदै गरेको अवस्थमा सो परिमाणको कपडा बरामद गरेको हो । बरामद कपडा र इरिक्सा वीरगज भन्सार कार्यलयमा बुझाइएको सशस्त्र प्रहरी नायब निरिक्षक तिलक खड्काले बताउनु भयो ।