सरकारले सौर्य ऊर्जाबाट पचास मेगावाट विद्युत उत्पादनको तयारीमा लागेको छ : मन्त्री सोनल

29

वीरगंज,१० पुस ।
इकोनोमिक रिपोटर्स एसोसिएसन नेपाल वीरगंजले प्रदेश न. २ को विकासका सम्भावना र चुनौती विषयक सम्वाद कार्यक्रम वीरगंजको रोयल पार्टी प्यालेसमा सम्पन्न गरेको छ । एसोसिएसन पर्साका अध्यक्ष रितेश त्रिपाठीको अध्यक्षता तथा प्रदेश न. २ का भौतिक योजना तथा पूर्वधार मन्त्री जितेन्द्र सोनलको प्रमुख आतिथ्यामा सम्पन्न भएको थियो । कार्यक्रममा अभियान आर्थिक दैनिकका प्रदेश न. २ का ब्युरो ओमप्रकाश खनालले तीन पृष्ठ लामो अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो । सो अवधारणापत्र माथी पर्साका उद्योगी व्यासायी, पत्रकार, शिक्षाविद् तथा नागरिक समाजका अगुवाहरुले आ आफ्नो टिप्पणी तथा धारणा प्रस्तुत गरेका थिए ।
अवधारणा पत्रमा विकासको धरातल, कृषि, पर्यटन, मानव पुँजी विकास, अन्तरप्रदेश सहकार्य लगायता बुन्दाहरु समावेश गरिएको छ । एसोसिएसनले अवधारणा पत्रको प्रतिलिपी प्रदेश न. २ का भौतिक योजना तथा पूर्वधार मन्त्री जितेन्द्र सोनललाई पनि बुझाएका थियो । अवधारणा पत्रअनुसार प्रदेश न. २ हरेक क्षेत्रमा पछाडी देखाएको छ । मानव सुचांक, शिक्षा स्वास्थ्य, उद्योगिक विकास, राजस्व संकलन लगायतको सवै क्षेत्रको अवस्था प्रदेश न. २ मा निराशा जनक रहेको छ ।
सोही कार्यक्रममा बोल्दै प्रमुख अतिथिको आसनबाट प्रदेश २ का भौतिक योजना तथा पूर्वधार मन्त्री जितेन्द्र सोनलले सरकार सौर्य ऊर्जाबाट ५० मेगावाट विद्युत् उत्पादनको तयारीमा लागेको बताए ।
कार्यक्रममा प्रदेश सांसद तथा वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्मा, प्रदेशसभा सदस्य प्रहलाद गिरी, भिमा यादव, उद्योगी तथा साहित्यकार गणेश लाठ, उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य अशोक टेमानी, वीरगंज महानगरपालिकाका कार्यकारी अधिकृत डा.भिष्म कुमार भुषाल, शिक्षाविद् दिपक शाक्य, पत्रकार महासंघ प्रदेश न. २ अध्यक्ष दीपेन्द्र चौहान, उपाध्यक्ष केसी लामिछाने, नेपाली कांग्रेस पर्साका सचिव श्याम पटेल, भिजिट मधेशका अभियन्ता ओमप्रकाश सर्राफ, प्रेस चौतारीका अध्यक्ष अनुप तिवारी लगायतको सहभागीता रहेको थियो ।

https://ankushdaily.com/