११ रोट्रेक्ट डिस्ट्रिक्ट कन्फ्रेन्स बुटवलमा हुने

11

२८ पुस, बुटवल । बुटवलमा ११ औं रोट्याक्क डिष्ट्रिक कन्फरेन्स हुने भएको छ । रोट्याक्क क्लव अफ बुटवल, रोट्याक्क क्लव अफ तिनाउ सिटी, रोट्याक्क क्ल्व अफ भैरहवा, रोट्याक्क क्लव अफ कपिलबस्तु मिड टाउ र रोट्याक्क क्लव अफ थेम्स ईन्टरनेशनल कलेजको आयोजनामा डिष्ट्रिक कन्फरेन्स हुने भएको हो । आयोजकले आज संयुक्त रुपमा पत्रकार सम्मेलनको आयोजना गरी सम्मेलनको तयारी पुरा भएको जानाकारी दिएको छ । डिष्ट्रिक कन्फरेन्स माघ ४ र ५ गते तिलोत्तमा स्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा हुनेछ । रोट्याक्क डिष्ट्रिक ३२९२, नेपाल र भुटानले आयोजना भएको सम्मेलनमा देशभरका १ हजार बढिको सहभागिता हुने रोट्याक्क क्लव अफ तिनाउ सिटीका अध्यक्ष प्रकास पराजुलीले जानाकारी दिए । सम्मेलनमा व्यक्तित्व विकास, क्षमताको प्रदर्शन सम्बन्धी प्रशिक्षण समेत हुनेछ । कार्यक्रममा डिष्ट्रिक गर्भनर चिन्तामणि भटट्राई, डिष्ट्रिक गर्भनर नोमिनी राजीव पोख्रेल, सांसद गगन थापा, राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधव प्रसाद ढुंगेल, युवा राजनिती नेता रहवर अन्सारीको सहभागिता हुने आयोजकले बताएको छ । कार्यक्रम बारे जानाकारी दिदै रोट्याक्क क्लव अफ बुटवलका अध्यक्ष निरज पाण्डेले सामाजिक कार्य गर्दै आएका रोट्याक्क क्लवलहरुले सहभागि व्यक्तिहरुको व्यक्तित्व विकासका लागि पनि सम्मेलनको आयोजना गरिएको बताए । त्यस्तै रोट्याक्क डिष्ट्रिक ३२९२ का कम्युनिटी सर्भिस डिरेक्टर विक्रम क्षेत्रीले समाज रुपान्तरणको अभियान रोट्याक्क लागेको बताए ।