गायत्री अश्वमेध महायज्ञको लागि भुमिपुजन

14

संतोष रन्जितकार
वीरगन्ज ७ माघ ।
नेपालमै पहिलो पटक हुन गईरहेको अश्वमेध गायत्री महायज्ञको भूमिपुजन कार्यक्रम सम्पन्न भएको छ । धार्मिक उद्देश्य मात्र नभई समग्र नेपालको कल्याणका लागि वैज्ञानिक र अध्यात्मिक रुपले राम्रो हुने यो महायज्ञ फाल्गुन १९ गते देखि २२ गतेसम्म हुने छ । यो महायज्ञको भूमिपुजन वीरगन्जको आर्दशनगर रगंशालामा सोमबार सम्पन्न भएको छ । वीरगञ्जको आदर्शनगर रंगशालमा २ सय ५१ वटा कुण्ड निर्माण गरिने यो महायज्ञको भूमिपुजन कार्यक्रमको पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई लगायत पर्साका सुरक्षा प्रमुखहरुले दिप प्रज्वलित गरेर पुजाको उदघाटन गर्नुभएको थियो । श्याम विहारी दुवेको नेतृत्वमा गायत्रीमहापिठ हरिद्धारबाट आएको पुरुष तथा महिला बिद्धान पुरोहित तथा साधकहरुको टोलीले बैदिक गायत्री मन्त्र तथा बिधिद्धारा भूमिपुजन गराएको थियो । वीरगन्ज महानगरपालिकाकि उपनगर प्रमुख शुश्रीशान्ति कार्कि,उधोगपती बाबुलाल चचान,हिरालाल केडिया,मुर्लीधर रुगंटा,राजूबैद्य,अंकित अग्रवाल लगायतका व्यक्तिहरुले यो महायज्ञको भूमिपुजन गर्नुभएको छ । वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा भिष्मकुमार भूसाल,उपसचिव शिव लम्साल,विभिन्न वडा अध्यक्ष,स्थानिय बुद्धिजिवि तथा संचारकर्मिहरुको उपस्थितीमा सम्पन्न भएको भूमिपुजन कार्यक्रममा गायत्री परिवारका सदस्यहरुको व्यापक उपस्थिती रहेको थियो ।