निःशुल्क आँखा शिविर सम्पन्न

8

संतोष रन्जितकार
वीरगंज, ७ माघ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत रामदयाल चौधरी फाउण्डेशनले आयोजना गरेको तथा माट्रिका आई फउण्डेशनको सहयोगमा सोमबार निःशुल्क आँखा चेकजाँच शिविर सम्पन्न भएको छ । रामदयाल चौधरी फाउण्डेशनका अध्यक्ष सुरेन्द्र चौधरीको सभापतित्वमा र पर्साका प्रहरी उपरिक्षक रेवती ढकालको प्रमुख आतिथ्यमा सो निःशुल्क आँखा शिविर सम्पन्न भएको हो । माट्रिका आई फाउण्डेशनका कोअर्डिनेटर महेश सिंह धामीले बिन्दवासिनी गाउँपालिकाका उपाध्यक्ष किरण देवीको आँखाको चेकजाँच गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो शिविरमा महिला पुरुष गरी २७५ जनाको आँखाको चेकजाँच गरिएको थियो भने १३२ जनामा मेतियाबिन्दु समेत फेला परेको थियो । मोतियाबिन्दु फेला परेका व्यक्तिहरुको फाउण्डेशनले निःशुल्क सल्यक्रिया गर्ने कोअर्डिनेटर धामीले बताए ।