महिला सरोकार मंचद्वारा कम्बल वितरण

18

मनोज साह
जितपुर बारा, ७ माघ ।
महिला सरोकार मञ्चद्घारा सोमबार १२० जनालाई कम्बल बितरण गरेको छ । बारा जितपुरसिमरा उपमहानगरपालिका वडा ७ जितपुरमा रहेको महिला सरोकार मंचको अयोजनामा जितपुरसिमरा उपमहानगरपालिका वडा ६ नगौलका स्थानीय गरिब दलित असहाय लक्षितगरी १२० जनालाई कम्बल बितरण गरेको हो । कार्यक्रमका प्रमुख अतिथि समाजसेवी देवनारायाण चौधरीले दिपप्रज्वलित गरेर कार्यक्रमको उदघाटन गर्नु भएको थियो ।
सो संस्थाले जितपुर स्थित रामटोलमा महिलाहरुलाई रोजगरको व्यवस्था गरेको, नगौलका महिलाहरुलाई प्रौढशिक्षा दिन सुरु गरेको र नगरभरिका महिलाहरुलाई सबल बनाउने हाम्रो लक्ष्य रहेको संस्थाका अध्यक्ष देबी सापकोटाले बताए । महिला सरोकार मंचका अध्यक्ष देवी साफकोटको सभापतित्वमा सो कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जितपुरसिमरा उपमहानगरपालिका वडा नं. ६ का सदस्य बबिता माझी, खुबलाल महतो, बिन्देश्वर सिंह, बुद्घ अधिकारी, महिला दलित संस्था अध्यक्ष कलावती राम, शिक्षिका प्रतिमा पौडेल, समाजसेवी महिला नेत्री बिध्या थापा संचारकार्मी लगायतका उपस्थिती रहेको थियो । कार्यक्रमका सहजीकरण आशा दहालले गर्नु भएको थियो ।