मासु र हड्डी उत्पादन गर्ने उद्योग बन्द गर्न संसदीय समितिसंग स्थानीयको मांग

18

संतोष रन्जितकार
वीरगन्ज, ७ माघ ।
मापदण्ड विपरित खोलिएका मासु र हड्डी उत्पादन गर्ने उद्योग बन्द गर्न स्थानीयले संसदीय समितिस“ग मांग गरेका छन् । वीरगन्ज महानगरपालिका १८ सौराहा र २० भवानीपुर अपौनी गा“उमा रा“गा भैंसीको आलो मासु उत्पादन गर्ने हिरो बफ मिट सप्लायर्स, हड्डी प्रशोधन गर्ने मध्यमाञ्चल बोन चिप्स प्रालि र नारायणी बोन चिप्स उद्योगलाई बन्द गर्न स्थानीयले संसदीय समितिस“ग मांग गरेका हुन् ।
झण्डै डेढ दशकदेखि सन्चालनमा रहेका तीनवटै उद्योगबाट निस्कने आलो मासु र हड्डीको दुर्गन्ध र प्रदुषणले उद्योगको आसपासमा रहेका १७ , १८ , २० , २७ र २८ गरी पा“च वटा वडाका करिब २५ हजार भन्दाबढी घरपरिवार पीडित छन् । उद्योगको दुर्गन्ध र प्रदुषणले स्थानीय पीडित भएको गुनासो आएपछि संसदको उद्योग वाणिज्य आपुर्ति तथा श्रम उपभोक्ता हित समिति अन्तर्गतको उपसमितिले संसदीय उपसमितिका संयोजक कृष्ण कुमार श्रेष्ठ, सदस्यहरु नवराज रावत, हिरा केसी, प्रमोद यादव र दिल कुमारी साह सहितको पा“च सदस्यीय टोली गठन गरी सोमबार तीन वटै उद्योगको स्थलगत अनुगमन र निरिक्षण गरेको थियो । अनुगमनमा पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई, पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल, सशस्त्र प्रहरी उपरिक्षक प्रेमध्वज शाह र वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डाक्टर भीष्म कुमार भुषाल समेतको सहभागिता रहेको थियो ।
स्थलगत निरिक्षणपछि समितिले उद्योगबाट प्रभावित स्थानीय जनप्रतिनिधी तथा त्यहा“का बासिन्दाहरुसंग अन्तरक्रिया समेत गरेको थियो । अनुगमनमा संसदीय उपसमितिका संयोजक श्रेष्ठले आफुहरू जनताकै प्रतिनिधि भएकाले स्थानीयको पीडा र गुनासो संसदीय समिति र सरकारसमक्ष पु¥याईदिने प्रतिवद्धता व्यक्त गरे ।
भवानीपुर सौराहामा रहेको मध्यमान्चल बोन चिप्स प्रालि र नारायणी बोन चिप्स उद्योगले देशका विभिन्न स्थानबाट रा“गा, भैंसी र पाडाको हाड, खर र सिङ ल्याएर प्रशोधन गर्दै आएको छ । चिनिया“ व्यापारीको लगानीमा संचालित हिरो बफ मिट सप्लायर्स उद्योगले भने रा“गा भैंसीको तयारी आलो मासु उत्पादन गरेर विदेशमा समेत निर्यात गर्ने गरेको छ ।
स्थानीयका अनुसार, उद्योगकै लापरवाहीका कारण गा“उका चार जनाले अनाहकमा ज्यान समेत गुमाइसकेका छन् । उद्योगमा आलो मासु र हड्डी खाएर बहुलाएका अहिले सम्म बालक र युवकगरी चार जनाले अनाहकमा ज्यान समेत गुमाइ सकेको स्थानीय रामनरेश प्रसाद यादवले बताए ।
उद्योगले फैलाएको दुर्गन्धले वातावरणमा प्रदूषित भएर मानवीय स्वाथ्यमा असर पारेकाले उद्योग बन्द गराइ दिन भन्दै स्थानीयले २०६८ असोज २५ गते जिल्ला प्रशासन कार्यालय पर्सा र २०६९ पुस २९ गते उद्योग मन्त्रालयमा लिखित निवेदन नै दिएका थिए ।
मन्त्रालयको निर्देशनमा घरेलु तथा साना उद्योग कार्यालय पर्साले उद्योग अधिकृत चिरन्जिवी प्रसाद पौडेलको नेतृत्वको टोलीले २०७० साल बैशाख ४ गते उद्योगहरुको स्थलगत निरिक्षण समेत गरेको थियो । स्थलगत निरिक्षण पछि मन्त्रालयमा बझुाइएको प्रतिवेदनमा उक्त टोलीले उद्योग पुग्नु भन्दा पहिला नै करिब एक डेढ किलोमिटर वरैबाट दुर्गन्ध आएको, उद्योग कम्पाउण्डमा खुल्ला रुपले आलो हड्डी र मासु छरेर राखिएको, उद्योगमा काम गर्ने कामदारले पनि सुरक्षाको साधन प्रयोग नगरेको भेटिएको उल्लेख गरेको थियो ।
त्यसपछि २०७२ सालको मङसिरमा पनि स्थानीयले उद्योगबाट दुर्गन्ध बढेकाले उद्योग बन्द गराउनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय पर्सामा फेरि अर्को निवेदन दिएका थिए । अहिले स्थानीय तहको निर्वाचन पछि उद्योग रहेको र आसपासका गरि पा“च वटा वडाका वडा अध्यक्षहरुले पनि उद्योगबाट अत्याधिक प्रदूषण फैलाउने काम भएको भन्दै उद्योग हटाउन मांग गर्दै वीरगन्ज महानगरपालिकाको कार्यालयमा लिखित निवेदन दिएका थिए ।