रुस्लान दशौं सिमरा गोल्डकपमा पुलिसलाई स्तब्ध पार्दै शेर्पा सेमीफाइनलमा

9

मनोज साह
जितपुर बारा, ७ माघ ।
सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपमा नेपाल पुलिसलाई स्तब्ध पार्दै हिमालयन शेर्पा क्लब सेमीफाइनलमा प्रवेश गरेको छ ।
सोमबार सिमरा र·शालामा भएको खेलको अन्तिम समयमा शेर्पाले पुलिस विरुद्ध २–० को जित हासिल गरेको थियो । खप्तड गोल्डकपको उपाधि उचालेर धनगढीबाट सिमरा आइपुगेको पुलिस क्लब स्टार खेलाडी सिमरा गोल्डकपको क्वाटरफाइनल मै पराजित भएको थियो ।
हिमालयन शेर्पाको जितमा त्रिदेव गुरुङ र विश्वास श्रेष्ठले एक–एक गोल गरेका थिए । खेलको ८६ औं मिनटमा हिमालयनका लागि त्रिदेवले खाता खोलेपछि अतालिएको पुलिस विरुद्ध विश्वासले इन्जुरी समयको अन्तिम समयमा थप एक गोल गर्दै २–० को जित हासिल गर्न सफल भएका थिए ।
शनिवार वीरगञ्जमा सम्पन्न विशाल मेमोरियल गोल्डकपमा सर्वोत्कृष्ट खेलाडी घोषित हु“दै मोटरसाईकल जित्न सफल भएका हिमालयनका विश्वास श्रेष्ठ पुलिस विरुद्धको खेलमा म्यान अफ दि म्याच घोषित हु“दै १० हजार नगद प्राप्त गरेका छन् ।
हिमालयन शेर्पाका प्रशिक्षक सुवास लिम्बुले संघर्षपूर्ण जितबाट सन्तुष्ट रहेको बताए । ‘पुलिसविरुद्धको खेलमा उत्कृष्ट प्रदर्शन गर्न नसकेपनि जीतपछि सन्तुष्ट भएको बताए । शनिवार वीरगञ्जमा फाइलन खेलेका खेलाडीहरु भएकाले आप्mना खेलाडी समेत थकित रहेको र टिमका केहि खेलाडी बाहिर भएकाले प्रदर्शन सोंचेजस्तो नभएको लिम्बुको भनाई रहेको थियो । मंगलबार हुने अन्तिम क्वाटरफाईनलमा आठौं संस्करणको बिजेता संकटाले थ्रिस्टार क्लबको सामना गर्नेछ ।