संतोष रन्जितकार
वीरगंज, ७ माघ ।
बीरगंज महानगरपालिका १५ ब्रह्मचौकबाट सोमबार प्रहरीले लागूऔषध सहित २ जनालाई पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरी टोलीले चितवन भरतपुर महानगरपालिका वडा नं. ८ बस्ने २५ वर्षीय जमिन बिक र सोही ठाउँ बस्ने ३० वर्षीय शंकर लामालाई लागुऔषध सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट लागूऔषध नुर्फिन १५ एम्पुल, डाईजोपाम १५ एम्पुल र फेनारगन १५ एम्पुल प्रहरीले बरामद गरेको थियो । पक्राउ परेकाहरु माथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।