वाणिज्य कार्यालयद्वारा वीरगंज बजार अनुगमन

27

संतोष रन्जितकार
वीरगंज, ७ माघ ।
बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले सोमबार बजार अनुगमन गरेको छ । बाणिज्य कार्यालय वीरगंजका कार्यालय सहायक प्रमुख दुर्गा नकर्मी, जिल्ला प्रशासन कार्यालय पर्साका सहायक अनुज बस्नेत, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी सहायक निरीक्षक मन्टुराम चौधरी, वीरगंज उद्योग बाणिज्य संघका मनोज दास, उपभोक्ता हित संरक्षण मञ्च पर्साका सदस्य अजित कुमार भुजेल र बाणिज्य कार्यालयका चुर्ण प्रसाद बुढाथोकीको संयुतm टोलिले नया“ बसपार्क देखि नगवा पोखरीसम्म रहेका विभिन्न मोटरपार्टस तथा हार्डवेयर पसलमा अनुगमन गरेका हुन । अनुगमनको क्रममा पसलमा कागजात नराखेको, रेटलिस्ट नराखेको, साईन बोर्ड नभएको भेटिएकोले ३ दिन भित्र सम्पुर्ण कागजात सहित कार्यालयमा सम्पर्क राख्न भनिएको थियो । कुशवाहा स्पेयर पार्टस, जगदम्बा आयल डिस्टिब्युटर्स, बिन्दवासनी अटो स्पेयर, गढिमाई अटो इलेक्ट्रिकल सप्लायर्स, एस एन्ड एस हार्डवेयर ईन्टरप्राईजेज, बिजय मोटर स्पेयर, जय जगदम्बा ट्रेड कन्सर्न प्रा.लि. लगायतका पसलहरुमा अनुगमन गरिएको बाणिज्य कार्यालय वीरगंजले जनाएको छ ।