विद्यार्थीले गरे फकिरा गिरी राजेश्वर गिरी विद्यालयलाई सहयोग

16

मनोज साह
जितपुर बारा, ७ माघ ।
श्री नेपाल राष्ट्रिय माध्यमीक विद्यालय जीतपुरमा २०५९ सालमा एस.एल.सि. दिएका विद्यार्थीहरुले श्री फकिरा गिरी राजेश्कर गिरी माध्यमीक विद्यालयलाई सहयोग हस्तान्तरण गरेको छ ।
वि.स. २०५९ साल ब्याचका विद्यार्थीले फकिरा गिरी राजेश्वर गिरी विद्यालयलाई विद्यार्थी र शिक्षकलाई सुविधा हुने गरी पानी तताउने र चिसो बनाउने मेसिनका साथै प्राथना गर्न साउण्ड बक्स हस्तान्तरण गरेको हो ।
विद्यालयको शैक्षिक स्तरमा हुदै गएको सुधारमा थप उर्जा दिन २०५९ एस.एल.सि. ब्याचका विद्यार्थीहरुले सो सहयोग हस्तान्तरण गरेको हो ।
कार्यक्रमका अध्यक्ष समेत रहेका विदुर ढकालले अगामी दिनमा यस विद्यालयको सुधारमा आफुहरुको लगानी बढदै जाने प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष एवम विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामबाबु गुप्ताले विद्यालयलाई सहयोग गरेर यो २०५९ सालको ब्याच यस क्षेत्रमै पहिलो उदाहरणीय काम गर्न सफल भएको प्रति धन्यवाद दिनुभएको थियो । उहा“ले कुनैपनि काम एक्लैले गर्न नसक्ने भन्दै आफुले विद्यालय सुधारका लागि चलाएको अभियानलाई यस कार्यले थप मदत पुग्ने विश्वास समेत व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा जीतपुर विद्यालयका सहायक प्रधानाध्यापक धनन्जय गौतम, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा सदस्य दुर्गा रिजाल, ज्ञानी पासवान, मोहरम मंसुर, शक्ति गुप्ता, ईलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरिक्षक रामउदयराज शर्मा, प्रहरी हवल्दार संतोषकुमार झा, स्थानिय समाजसेवी धनश्याम गिरी, राजुराज गिरी, रामबाबु कलवार, शिक्षा प्रेमी कालिका ढकाल, महिला नेतृ विभा गुप्ता लगायत विद्यालयका शिक्षक र विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
अनिल तिवारीको सहजिकरण र संतोष श्रेष्ठको स्वागतमा सम्पन्न कार्यक्रममा २०५९ साल ब्याचका महेश्वर चौरसीया, अरबिन्द थापा मगर, राम थापा, राजकुमार गिरी, मनोहर गौरो, सरोज गौरो, संगीता थापा लगाएको सहभागिता रहेको थियो ।