ठाकुरराम बहुमुखी क्याम्पस इकाई कमिटिद्वारा हेल्प डेस्कको व्यवस्था

33

संतोष रन्जितकार
वीरगन्ज, ८ माघ ।
ठाकुर राम बहुमुखी क्याम्पसमा बिद्यार्थीहरुको सहयोगको लागी राष्ट्रिय बिद्यार्थी संघ ठा.रा.ब क्याम्पस ईकाइ कमिटीद्वारा हेल्प डेक्सको व्यवस्था गरिएको छ ।
हेल्प डेक्स कार्यक्रमको प्रमुख अतिथि राजपा नेपाल पर्साको जिल्ला अध्यक्ष प्रेमबाबु पटेल, अतिथि ठा.रा.ब.का पुर्ब उपसभापति राजेश मिश्रा, वडा नं. ३ का वडासदस्य संगीता दास, राष्ट्रिय बिद्यार्थी संघ पर्साको जिल्ला अध्यक्ष मधुसुदन चौरसियाको सहभागिता रहेको थियो । सो कार्यक्रम ठाकुर राम ईकाइ अध्यक्ष अमित यादवको अध्यक्षता भएको थियो भने हेल्प डेक्सको उदघाट्न प्रेमबाबु पटेलले गर्नु भएको थियो ।
कार्यक्रममा ईकाइ उपाध्यक्ष अफरोज आलम, रामसुन्दर पन्डित, अमित यादव, दिपक पटेल, ईकाइ सचिव सागिर अलि, बिद्यार्थी नेताहरु रुपेश चौरसिया, श्यामनिवास सिन्हा, बिदयानन्द साह, बिक्की राज पटेल, बिबेक झा, ओमप्रकाश् साह, सचित सिंह, मोहन यादव लगायत बिद्यार्थी नेताहरुको उपस्थिति थियो ।