बिपिएस र विद्यासदनले जित्यो उपाधी

90

वीरगन्ज, ८ माघ ।
वीरगन्जमा आयोजित अन्तर विद्यालय स्तरीय कबड्डी प्रतियोगितामा छात्र तर्फको उपाधी वीरगन्ज पब्लिक स्कुल र छात्रा तर्फको उपाधी विद्यासदनले जितेको छ ।
वीरगन्ज स्थित विपद व्यवस्थापन कार्यदलको खेल मैदानमा मंगलबार भएको छात्रतर्फको फाइनल खेलमा कन्चनजंगा माविलाइ पराजित गर्दै वीरगन्ज पब्लिक स्कुलले उपाधी जित्न सफल भएको हो । निर्धारित ४० मिनेटको खेलमा वीरगन्ज पब्लिक स्कुलले ३८ र कन्चनजंगाले ३५ अंक प्राप्त गरेको थियो । सो खेलको म्यान अफ दी म्याच वीरगन्ज पब्लिक स्कुलका अभिषेक दास घोषित भएका थिए भने बेस्ट डिफेन्डर र बेस्ट कप्तान कन्चनजंगा माविका रितिक पटेल, बेस्ट राइडर वीरगन्ज पब्लिक स्कुलका बिनय पंजियार, टुरनामेन अफ दि प्लेयर कन्चनजंगा माविका दिपक गुप्ता घोषित भएका थिए । वीरगन्ज पब्लिक स्कुलले उपाधीसंगै नगद रु १५ हजार समेत प्राप्त गरेको थियो भने दोस्रो स्थानमा कन्चनजंगा माविले नगद रु १० हजार प्राप्त गरेको थियो ।
यसैगरी मंगलबार नै भएको दोस्रो फाइनल खेलको प्रतियोगितामा छात्रा तर्फको उपाधी भने विद्यासदन माविले जितेको छ । छात्रा तर्फको फाइनल खेलमा विरगन्ज पब्लिक स्कुललाई २०–११ ले पराजित गर्दै विद्यासदन मविले उपाधी जितेको हो ।
छात्रा तर्फको म्यान अफ दी म्याच विद्यासदन माविकी अलबिना खातुन घोषित भएकी थिइन । वीरगन्ज पब्लिक स्कुलकी सिन्जु यादव बेस्ट डिफेन्डर र कलिना चौधरी बेस्ट कप्तान घोषित भएकी थिइन । बेस्ट राइडर र टुरनामेन अफ दि प्लेयर विद्यासदन माविकी रोशनी चौधरी घोषित भएकी थिइन् । विद्यासदन माविले उपाधी संगै नगद रु १५ हजार प्राप्त गरेको थियो भने दोस्रो स्थानमा रहेको वीरगन्ज पब्लिक स्कुलले नगद रु १० हजार प्राप्त गरेको थियो ।
समापन कार्यक्रममा म्याक्स इन्टरटेनमेन्ट एण्ड एडभरटाईजिङ्गका संयोजक अमित अग्रवाल र बिजित सोनीले रेफरीहरुलाई खादा ओढाएर सम्मानपत्र प्रदान गरेका थिए । कार्यक्रमको सहजिकरण हेमन्त तामाङ्गले गर्नु भएको थियो । म्याक्स इन्टरटेण्मेण्ट एण्ड एडभरटाईजिङ्गको आयोजनामा भएको प्रतियोगितामा छात्र र छात्रा गरी वीरगन्जका विभिन्न निजी विद्यालयका २० वटा टिमले भाग लिएको थियो ।

https://ankushdaily.com/