वडा स्तरीय बैठक सम्पन्न

11

संतोष रन्जितकार
वीरगंज, ८ माघ ।
पर्साको बिन्दवासनी गाउँपालिका वडा नम्बर ४ अमरपट्टीमा युनिसेफको सहयोग तथा गाउँपालिकाको आयोजनामा खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समितिको वडा स्तरीय योजना तर्जुमा बैठक सम्पन्न भएको छ । वडा अध्यक्ष अनोज प्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न बैठकले वडा नं. ४ लाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नका लागि १३ सुत्रीय योजना तर्जुमा गरि सक्रिय रुपमा लाग्न सबै सरोकारवालाहरुलाई आग्रह गर्नुभएको थियो । बैठकले वडालाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्नको माघ ११ गते शुक्रबार १० बजे वडाभरी प्रचार–प्रसारको लागि माईकिङ्ग गर्ने, जनचेतना ¥याली निकाल्ने, २३ गते प्रहरी परिचालन गर्ने, अनगुमन र १५ दिन पछि वडाका सम्पुर्ण सिफारिसहरु बन्द गर्ने निर्णय गरेको छ ।
सो बैठकमा सहभागिहरुलाई हर्पिक, साबुन र ब्रस वितरण गरिएको थियो । बैठकमा वडा सदस्य, वडा सचीव, विभिन्न संघ/सस्थाका प्रतिनिधि सामाजिक परिचालक, बिद्यालयका प्रधानाध्यापक, प्रहरी प्रतिनिधि लगायत अन्य स्थानीय सरोकारवालाहरुको उपस्थिति रहेकोे सामाजिक बिकास शाखा प्रमुख रामप्रवेश साहले बताउनु भयो ।