सरसफाई किट वितरण

15

संतोष रन्जितकार
वीरगंज, ८ माघ ।
पोखरिया नगरपालिकामा आज एक कार्यक्रमका बिच सरसफाई किट वितरण गरिएको छ । पोखरिया नगरपालिका अन्तर्गतका सबै वडाका बेस्ट चर्पी प्रयोगकर्ता ६० जनालाई सरसफाई किट वितरण गरिएको हो ।
पोखरिया नगर कार्यपालिकाको कार्यालय पोखरियामा भएको सरसफाई सामग्री वितरण कार्यक्रममा वडा नं. १ देखी १० सम्मका प्रति वडा ६र६ जनाको दरले ६० जनालाई सरसफाई किट वितरण गरिएको आईटी अफिसर अरबिन्द दुबेले बताए ।
नगर प्रमुख दिपनारायण रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत धर्मराज थापा, वडा नं. २ का वडा अध्यक्ष सुरेन्द्र यादव, समाजिक विकास शाखाका विनोद पाण्डे, युनिसेफका प्रतिनिधि नरेन्द्र साह लगायतको सहभागिता रहेको थियो । ययुनिसेफ नेपालको सहयोगमा र पोखरिया नगरपालिकाको आयोजनामा सरसफाई किट वितरण गरिएको थियो ।