जिल्ला स्तरीय समिक्षा बैठक

20

संतोष रन्जितकार
वीरगंज, ९ माघ ।
राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत बुधबार वीरगंजको भिस्वा होटलमा जिल्ला स्तरिय समिक्षा बैठक सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिती पर्सा एवम् जिल्ला शिक्षा विकास तथा समन्वय ईकाई पर्साका प्रमुख कृष्ण प्रसाद सिंग्देलको अध्यक्षतामा बसेको बैठकले प्रारम्भीक कक्षा पढाई कार्यक्रम अन्तर्गत देखा परेका बिद्यालयहरुको पढाईको समस्यालाई निराकरण गर्न अनुगमनमा निरन्तरता दिन जोड दिने, कक्षाकोठामा सन्दर्भ सामाग्री र शिक्षक तालिमको प्रभावकारिताका लागी कक्षाकोठको अवलोकन गरी प्राबिधीक सहयोग तथा परामर्शमा जोड दिने, बिद्यालय अनुदानका लागी छनौट भएका १ सय १५ वटा बिद्यालय मध्ये बांकी रहेका २५ वटा बिद्यालयको बिद्यालय ब्यवस्थापन समिती माघ महिना भित्र गठन गर्नु पर्ने निर्णय गरेको छ ।
गठन नभएको बिद्यालयमा र बिद्यालय पर्ने गाउँपालिकामा अबिलम्ब बिद्यालय ब्यवस्थापन समिती गठन गर्नु पर्ने पत्रचार गर्ने समेत निर्णय गरेको राष्ट्रिय प्रारम्भीक कक्षा पढाई कार्यक्रमका जिल्ला संयोजक भरत सहनीले बताए ।
यस कार्यक्रम अन्तर्गतका बिद्यालयहरु मध्ये कालिकामाई गाउँपालिका र धोबिनी गाउँपालिकाको सबै भन्दा बढी बिधालयहरुमा बिधालय ब्यवस्थापन समिती नरहेकोले अनुदानका रकम पनि ती गाउँपालिकामा पर्ने बिद्यालयहरुमा जान नसकेको स्रोत ब्यक्ति छोटेलाल साहले बताए ।
बैठकमा गैरसरकारी संस्थाका अध्यक्ष छठु साह, नेपाल पत्रकार महासंघ पर्साका सचिव युवराज खडका, शिक्षक महासंघका अध्यक्ष तिर्थराज यादव, अभिभावक संघका अध्यक्ष अमर गौतम, स्रोत केन्द्रका स्रोत ब्यक्तिहरु लगायतको सहभागीता रहेको थियो ।