ट्राफिक नियम सम्बन्धि जनचेतना कार्यक्रम

55

संतोष रन्जितकार
वीरगंज, ९ माघ ।
वीरगंजको अनुभुती कलेजमा जिल्ला ट्राफिक कार्यालय पर्साका प्रहरी निरीक्षक राजकुमार सिंहको नेतृत्वमा समुदाय प्रहरी साझेदारी अन्तर्गत ट्राफिक नियम सम्बन्धि जनचेतना कार्यक्रमको आयोजना गरिएको छ । सो कार्यक्रममा कक्षा ११ र १२ का ८० जाना बिद्यार्थीहरुको सहभागिता रहेको थियोे । ट्राफिक जनचेतना अन्तर्गत ट्राफिक नियमहरु, ट्राफिक संकेत र दुर्घटनाबाट जोगिने उपायहरुको बारेमा प्रशिक्षण दिइएको थियो । सो कार्यक्रममा नेपालमा प्रतिदिन ४–७ जनाको सडक दुर्घटनामा परी मृत्यु हुने गरेको तथा मृत्यु हुनेमा प्राय १६ देखि ७० वर्ष सम्मको मानिसहरु रहेको पाइएको छ । सडक दुर्घटनामा प्राय मोटरसाईकल चालक बढी रहेको पाइएको छ । विश्वभरी नै वर्षेनी १३ लाखको हाराहारीमा सडक दुर्घटनामा परी मानिसको मृत्यु हुने गरी तथ्यांक रहेको ट्राफिक प्रहरी पर्साका प्रहरी निरिक्षक राजकुमार सिंहले जानकारी गराउनु भएको थियो ।