दुर्घटनामा परी एकको मृत्यु, एक घाईते

10

मनोज साह
जितपुर बारा, ९ माघ ।
पथलैया–निजगढ सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक घाईते भएका छन् ।
झापाबाट कोइला बोकेर आउदै गरेको ना८ख १३३८ नम्बरको ट्रेलरले ईरिक्सालाई ठक्कर दिदा कोल्हबी नगरपालिका ८ काटगाँउका दिपक चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट सोही ठाउका रिक्सा चालक गणेश चौधरी घाईते भएका छन् । उनको सिमरास्थित अल्पाईन अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि वीरगन्ज ल्याइएको ईलाका प्रहरी कार्यालय निजगढका बिक्रम लामाले जानकारी दिनुभयो ।
ट्रेलरको ठक्करबाट घाईते दिपकलाई उपचारका लागि अल्पाईन अस्पताल ल्याउने क्रममा मृत्यु भएको थियो । मृतकको शव अस्पतालमै राखिएको र परिवारलाई खबर गरिएको प्रहरी निरिक्षक लामाले जानकारी दिए ।