पूर्व सांसद यादवद्वारा सडकको शिलान्यास

41

संतोष रन्जितकार
वीरगंज, ९ माघ ।
नेकपा नेता एवं पुर्व सांसद बिचारी प्रसाद यादवले बुधबार वीरगंज २३ प्रसौनी बिर्तामा सडक निर्माणको शिलान्यास गर्नुभएको छ । सघन शहरी बिकास कार्यक्रम कार्यान्वयन अन्र्तगत पुर्व सांसद यादवले प्रसौनी बिर्ता स्थित माउन्ट हर्मन बोर्डिङ्ग स्कुल देखि वीरगंज २२ मनियारी नहर चौकसम्म १७५५ मिटर लामो सडकको शिलान्यास गर्नुभएको हो ।
दुवै तर्फ नाला सहित १७५५ मिटर लामो र ३० फिट चौडा सडकको लागत ५ करोड रहेको पुर्व सांसद यादवले जानकारी दिनुभयो । उहाँले पहिलो पल्ट केपी ओली प्रधानमन्त्री भएको बेला सिमा क्षेत्रका शहरका लागि छुट्याइएको ७५ करोड बजेटबाट सो सडक निर्माण गर्न लागिएको जानकारी दिनुभयो । वडा अध्यक्ष अवध किसोर कुशवाहाले वडा नम्बर २३ को दुइवटै टोलमा सडक निर्माणका काम तिव्र गतिमा भइरहेको जानकारी दिनुभयो ।
पुर्व सांसद बिचारी यादवको आग्रहमा वीरगंज २३ सवैठवा देखि वीरगंज २२ मनियारीसम्म निर्माण भइरहेकाले सो सडकको नाम बिचारी पथ राख्न स्थानियले जोड दिएको वडा सदस्य लालबाबु यादवले बताउनु भयो । उहाँले सो सडक निर्माण भएसंगै सवैठवा, प्रसौनी बिर्ता, मनियारीका स्थानियहरु प्रत्यक्ष लाभान्वित हुने बताउनुभयो । शिलान्यास कार्यक्रममा वडा सदस्य लालबाबु यादव, नेकपाका नेता ताजुदिन अंसारी, ठेकेदार दिनेश कुशवाहा, रेयाज अंसारी लगायत स्थानिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

https://ankushdaily.com/