वीरगंज महानगरको महासरसफाईले स्वच्छता प्रति सबैलाई जागरुक गराउने ः अधिकृत भूषाल

4

वीरगंज, ९ माघ ।
मुख्यमन्त्री स्वच्छता अभियानको सुभारम्भ वीरगन्जबाट गरिने भएको छ । जिल्ला समन्वय समिति पर्साका प्रमुख नेक महमद अंसारीको अध्यक्षता बुधबार वीरगन्ज महानगरपालिकाको कार्यालयमा सम्पन्न भएको सो बैठकले वीरगन्ज महानगर प्रथम महासरसफाई जागरण अभियान कार्यक्रमद्वारा स्वच्छता अभियानको सुभारम्भ गर्ने निर्णय गरेको हो । जनप्रतिनिधि ,सबै राजनैतिकदल, कर्मचारी, सुरक्षा कर्मी, सामुदायीक प्रहरी, संचारकर्मी, टोलसुधार समितिहरु, स्वास्थ्यकर्मी, बैकर्स, प्याब्सन र एनप्याब्सन र विभिन्न संघसंस्थाहरुको व्यापक सहभागीतामा आगामी माघ १० गते विहान ७ बजे वीरगन्जको घन्टाघरबाट महासरसफाई अभियान कार्यक्रमको सुभारम्भ गर्ने निर्णय गरिएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भीष्मकुमार भूसालले बताउनु भयो । उहाँले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सुरु हुन गइरहेको वीरगन्ज महासरसफाई अभियानले वीरगन्ज महानगरपालिकाको सरसफाईमा व्यापक टेवा पुग्ने आशा लिएको बताए । स्वच्छता अभियानको माध्यमबाट वीरगन्जको सरसफाईसंगै सरोकारवालाको व्यापक सहभागीता गराउदै स्वच्छता प्रति सबैलाई जागरुक गराउने उद्देश्य लिइएको प्रमुख प्रशासकिय अधिकृत डा भूसालको भनाई रहेको थियो । महासरसफाई अभियान कार्यक्रमको विभिन्न संचारमाध्यमहरुबाट प्रचार–प्रसार गर्नुको साथै व्यापक जनसहभागीता जुटाउनु विभिन्न कार्यक्रमहरु गर्ने निर्णय समेत गरिएको छ । बैठकमा प्रदेश सभासदस्यद्वय करिमा बेगम, भिमा यादव, पर्साका प्रमुख अधिकारी नारायण प्रसाद भट्टराइ, प्रमुख भन्सार प्रशासक श्याम प्रसाद भन्डारी, प्रहरी उपरिक्षक रेवती ढकाल, श्री चन्डी प्रसाद गणका गणपति सिर्जन मल्ल, सशस्त्र प्रहरी नायब उपरिक्षक मनहरी कुइकेल, मुख्यमन्त्री स्वच्छता अभियानका संयोजक सलाउदिन अहमद, वीरगन्ज महानगरपालिकाका उपसचिव शिव प्रसाद लम्साल, सरसफाइ अधिकृत राजकृष्ण ताम्राकार लगायत विभिन्न कार्यालयका प्रमुखहरुको उपस्थिती रहेको थियो ।