९० हजार बराबरको मैदा र डाल्डा पक्राउ

24

संतोष रन्जितकार
वीरगंज, ९ माघ ।
वीरगंज महानगरपालिका वडा नं. ८ बाट प्रहरीले ९० हजार बराबरको मैदा र डाल्डा पक्राउ गरेको छ । भन्सार छली अबैध तरिकाले नेपाल भित्र्याएको ४५ बोरा मैदा र १० कार्टुन डल्डा पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलिले विशेष सुचनाको आधारमा शालिमार बेकरी एण्ड फूड प्रोडक्सबाट ८० हजार बराबरको ४५ बोरा मैदा र १० हजार बराबरको १० कार्टुन डाल्डा पक्राउ गर्न सफल भएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो । भन्सार छली गरी नेपाल भित्र्याएको र लूकाइ छिपाइ राखिएको सूचना पाउन साथ जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटेको प्रहरी टोलीले बरामद गर्न सफल भएको प्रहरी निरीक्षक मल्लले बताउनु भयो । बरामद भएको ९० हजार बराबरको मैदा र डाल्डा आवश्यक कारवाहिको लागि वीरगंज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।