संतोष रन्जितकार
वीरगंज, १० माघ ।
अखितयार दुरुपयोग अनुसन्धान क्षेत्रिय कार्यालय हेटौडाबाट आएको टोलीले पर्साका १ जना प्रधानाध्यापकलाई रंगेहात घुससहित पक्राउ गरेको छ । पर्साको धोबिनी गाउँपालिका वडा न. ३ बस्ने र छिपहरमाई गाउँपालिका वडा न. ४ तुल्सीवर्वा अवस्थित नेपाल राष्टिय प्राथमिक बिद्यालय वर्वाटोलका प्रधानाध्यापक प्रभुगिरीलाई नगद १२ हजार घुस सहित रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
कृषि विकस बैंकबाट ऋण मिलाई दिन्छु भन्दै सेवाग्राहीसँग घुस रकम लिंदै गर्दाको अवस्थामा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौंडाले जनाएको छ ।