संतोष रन्जितकार
वीरगंज, १० माघ ।
बहुदरामाई नगरपालिका वडा नं. २ मा बिहिबार निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । सो शिविर बहुदरामाइ नगरपालिका वडा नं. २ बैरिया बिर्ता स्थित श्री नेपाल राष्ट्रिय आधारभूत प्राथमिक विद्यालयको प्रांगणमा सम्पन्न भएको हो । दाइजो एवम सामाजिक कुरिती बिरुद्ध जागरण मंच र जनशक्ति नेपालको संयुक्त आयोजनामा तथा माट्रिका आई फाउण्डेशनको प्राविधिक सहयोगमा सो निःशुल्क आँखा शिविर सम्पन्न भएको थियो । वडा नं. २ का वडाअघ्यक्ष जितेन्द्र प्रसाद पटेलको अघ्यक्षतामा सम्पन्न भएको शिविरमा स्वागत भाषण रामप्रवेश साहले गर्नु भएको थियो भने कार्यक्रमको संचालन बृजेशवर प्रसाद चौघरीले गर्नु भएको थियो ।
शिविरमा स्थानीय महिला पुरुष तथा सो विद्यालयका छात्र छात्राहरु र शिवम इंगलिस बोर्डिङ्ग स्कूलका विद्यार्थीहरुको समेत आँखाको चेकजाँच गरिएको थियो । स्थानीय महिला पुरुष गरी २३५ जना र छात्र छात्राहरु २५५ जना गरी जम्मा ४९० जनाको निःशुल्क आँखाको चेकजाँच गरिएको थियो । चेकजाँचको क्रममा ५३ जनामा मोतियाबिन्दु समेत फेला परेको थियो ।
शिविरमा डा.मनोरन्जन यादव, राजेश चौघरी, नम्रता क्षेत्री, शम्भु प्रसाद साह, कृष्णा यादव, शम्भु प्रसाद यादव, शमिम अख्तर लगायत स्थानीय भद्रभलादमीको उपस्थिति रहेको थियो ।