न्यायिक समितिमा काम गर्न कठिनाई ः उपप्रमुख कार्की

4

संतोष रन्जितकार
वीरगंज, १० माघ ।
वीरगञ्ज महानगरपालिकाको उपप्रमुख शान्ति कार्कीले न्यायिक समितिमा काम गर्न कठिनाई भईरहेको बताएकी छन् ।
सुन्दर शान्त परियोजना अन्र्तगत गठित नागरिक संवाद मञ्च पर्सा शाखाले वीरगञ्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उपप्रमुख कार्कीले अन्य सरोकारवालाले सहयोग नगरेका कारण काम गर्न कठिनाई भएको बताइन् । उनले वडा अध्यक्ष लगायत अन्य सरोकारवालाहरुले प्रतिवादीहरुलाई झिकाउन र फैसला कार्यान्वयन गर्न सहयोग नगर्ने गरेको बताईन् ।
नागरिक संवाद मञ्च पर्साका अध्यक्ष ओम प्रकाश सर्राफको अध्यक्षतामा भएको कार्यक्रममा बहुदरामाई नगरपालिकाको उप–प्रमुख गायत्री देवि, नेपाल पत्रकार महासंघ पर्सा शाखा सचिव युवराज खड्का, दिव्य युवा क्लबका रामाकान्त पटेल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
नागरिक संवाद मञ्चका सदस्य, नागरिक समाज, अन्य विभिन्न संघ संस्थाका प्रतिनीधि र सञ्चारकर्मीहरु अन्र्तक्रियामा सहभागी भएको थिए । बेलायत सरकार, इन्टरनेशनल एलर्ट, सेफर वल्र्ड लगायतका संघ संस्थाहरुसँगको सहकार्यमा बाराको जनजागरण युवा क्बल जेजेवाईसीले पर्सा र बाराको ४ वटा पालिकामा नागरिक संवाद मञ्च मार्फत परियोजना सञ्चालन गरिरहेको छ । परियोजना मार्फत सीमान्तीकरणमा परेका समुदायको उत्थानका लागि कार्यक्रम सञ्चालन हुने कार्यक्रम संयोजक विक्की महतोले बताए ।