बल प्रयोग गरी बाटो संचालन

65

संतोष रन्जितकार
वीरगंज, १० माघ ।
वीरगंज महानगरपालिकाले बल प्रयोग गरी मनियारी–प्रसौनी सिर्सिया पुलको बाटो बिहिबारदेखि संचालनमा ल्याएको छ । वीरगंज महानगरपालिका वडा नम्बर २३ प्रसौनीको इटियाही टोलस्थित सिर्सिया नदीमा बनेको पुल निर्माण शिलान्यासको १ दशकपछि विहीबार देखि उक्त बाटो संचालनमा आएको हो ।
एैलानी जग्गा अतिक्रमण गरी बनाइएका आधा दर्जन पक्की, खपडा तथा फुसका घर गोठहरु बल प्रयोग गर्दै महानगरपालिकाले भत्काएपछि बाटो संचालनमा आएको हो । वीरगंज महानगरपालिकाको वडा नम्बर २३ का वडाअध्यक्ष अवधकिशोर कुशवाहा लगायत स्थानिय जनप्रतिनिधि तथा समाजसेवीहरुको सक्रिय सहयोग र वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. भिष्म कुमार भूसालको नेतृत्वमा इटियाही पुगेको टोलीले विहीबार दिउँसो घर टहरा भत्काउदै बाटो संचालनमा ल्याएको थियो ।

https://ankushdaily.com/