वीरगंजको प्रथम सरसफाई महाअभियान मुख्यमन्त्री राउतद्वारा शुभारम्भ गरिने

46

बीरगंज, १० माघ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्र्तगत बीरगंज महानगर प्रथम सरसफाइ जागरण महाअभियान माघ १४ गते प्रदेश न. २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा शुभारम्भ गरिने छ ।
बीरगंजको घण्टाघरबाट शुरु हुने अभियानलाइ सफल बनाउने उद्देश्यले जिल्ला समन्वय समिति पर्सामा बिहिबार बैठक सम्पन्न भएको हो ।
संघिय समाजवादी फोरम नेपाल पर्साका जिल्ला इन्चार्ज तथा प्रदेश सांसद सिँहासन साह कलवारको अध्यक्षतामा बसेको बैठकमा केन्द्रिय सदस्य तथा प्रदेश सांसद प्रहलाद गिरी, जन्नत अंसारी, करिमा बेगम, भिमा यादव, केन्द्रिय सदस्य शशिकपुर मियाँ, बिरेन्द्र प्रसाद यादव, सिपु तिवारी, समन्वय समितिका संयोजक नेकमहमद अंसारी, सह–इन्चार्ज रामनरेश यादव, जिल्ला सदस्य तवरेज अहमद लगायतको उपस्थिति रहेको थियो ।
स्वच्छ मधेश, समृद्ध प्रदेश नाराका साथ शुरु हुने अभियानले मन्दिर सौन्दर्यकरणको लागि जानकी मन्दिर सौन्दर्यकरणको काम भइरहेको र पोखरी सौन्दर्यकरणको लागि नगवा र मुर्ली पोखरीको सौन्दर्यकरण को काम छिटै शुरु हुने छ ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेश भित्रका प्रत्येक जिल्लामा २–२ वटा सार्वजनिक शौचालय निर्माण कार्य हुने मुख्यमन्त्री स्वच्छता अभियानका प्रदेश नं २ का संयोजक सलाउदीन अहमदले जानकारी दिनुभयो ।

https://ankushdaily.com/