सो क्योकुशिन कारांटे संघद्वारा प्रथम भेला सम्पन्न प्रदेश नं. २ को अध्यक्षमा पटेल चयन

10

संतोष रन्जितकार
वीरगंज, १० माघ ।
सो–क्योकुशिन कारांटे संघद्वारा बिहिबार वीरगंज स्थित पुजन होटलको सभाहलमा प्रथम भेला कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अथिती केन्द्रीय अध्यक्ष राजकुमार श्रेष्ठ, विशिष्ट अतिथिमा केन्द्रीय उपाध्यक्ष ईन्द्र कुमार राईको उपस्थितिमा कार्यक्रम संचालन भएको थियो ।
सो–क्योकुशिन कारांटे संघको प्रदेश नं.–२ को अध्यक्षमा अशेसर पटेल चयनहुनु भएको छ । ‘स्वास्थको लागि खेलकूद राष्ट्रको लागि खेलकूद’ नाराको साथ संघलाई अगाडी बढाउने प्रदेश अध्यक्ष पटेलले बताउनुभयो । अध्यक्ष पटेलले सो–क्योकुशिन कारांटे संघलाई अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याउने आप्mनो कुनै कसर न छोडने बताउदै कार्यक्रमको समापन गर्नुभएको थियो ।
कार्यक्रममा पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष निशान्त लामिछाने, मध्यमाञ्चल क्षेत्रिय खेलकुद प्रशिक्षण केन्द्रका निर्देशक प्रदिप श्रेष्ठ, नेपाल जुडो संघका केन्द्रिय सदस्य पृथ्वी आलोक कुशवाहा ,पुर्ब नेबिसंघ का क्षेत्रीय सभापति हाल पार्टीका क्षेत्रीय सदस्य देब प्रकाश पटेल, नेबिसंघका युवा नेता शेष हजरा, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरिक्षक निशान थापा, पर्साका सञ्चारकर्मी जगत राई, विनोद पटेल, दिपेन्द्र गिरी, कृष्ण यादव, जाकिर हुसेन लगायत खेलाडिहरुको उपस्थिति रहेको थियो ।