पर्सा प्रहरीको बदमासी, धान खाने मुसो चोट पाउने भ्यागुतो

30

वीरगन्ज, ११ माघ ।
पर्सा प्रहरीले पक्राउ केराउको ट्रक विवादित हुन पुगेको छ । तिलावे पुल नजिकै पक्राउ गरेर प्रहरीले झुठो प्रतिवेदन तयार गरी पकाहामैनपुर गाँउपालिका वडा नम्बर ३ पकाहा चोकबाट बरामद गरेको भनी झुठा विवरण बनाएर मुचुल्कामा हस्ताक्षर गर्न लगाएको वडाध्यक्ष मदन साह कानुले पत्रकार सम्मेलनमा आरोप लगाएका छन् ।
पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल इमान्दार छन् । तर उनका मातहतका प्रहरी अधिकारीहरु आँखा छलेर पैसा कमाउन कुनै कसर बांकी राखेका छैनन् । यो घटना पनि त्यसैको एउटा कडी हो ।
शुक्रबार पत्रकार सम्मेलन गरेर वडा अध्यक्ष कानुले प्रहरी चौकी धोरेका प्रहरी सहायक उपरीक्षक कुलद्वीप कर्णले बिहीबार धम्क्याएर जबरजस्ती मुचुल्कामा हस्ताक्षर गराएको बताए ।
प्रहरी सहायक निरीक्षक कर्णले केराउसहितको ट्रक बुधबार राति पकाहा चोकबाट बरामद गरी त्यही बेला नै जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको भन्दै मुचुल्कामा हस्ताक्षर गर्न आग्रह गरे, वडा अध्यक्ष कानुले भने , तर मैले मुचुल्कामा के लेखिएको छ पढ्न देऊ भन्दा प्रहरी सहायक निरीक्षक कर्णले सही गरेनौ भने झुठो मुद्दामा फसाइ दिन्छु भनेर धम्क्याएपछि मुचुल्कामा हस्ताक्षर गर्न बाध्य भएको बताए ।
पर्साको पदम रोड तिलावे पुलमा बिहिबार व्यवसायीहरुले गरेको प्रदर्शनको दृश्य संकलन गर्ने क्रममा पत्रकारहरुलाई र्दुव्यवहार गरेका प्रहरीले शुक्रबार माफी मागेका छन् । पर्साका प्रहरी उपरिक्षक रेवती ढकाल तथा घटनास्थलमा पत्रकारलाई दृश्य संकलन गर्न अवरोध गर्दै दुव्र्यवहार गर्ने हवलदार हरेराम महतोले पत्रकारहरु समक्ष माफी मागेका छन् ।
शुक्रबार पत्रकार महासंघको अगुवाईमा कार्यकक्षमा पुगेका पत्रकारहरुको टोलीसँग एसपी ढकाल र हवल्दार महतोले क्षमा याचना गर्दै उपरान्त यस्ता घटना नदोहरिने बताएका थिए ।