ह्वील चेयर प्रदान

26

संतोष रन्जितकार
वीरगंज, १० माघ ।
पर्साको पर्सागढी नगरपालिकाका एक जना अपांगलाई एक कार्यक्रमका बिच रोटरी क्लब आफ वीरगंज मेट्रोपोलिसले एक थान ह्वीलचेयर प्रदान गरेको छ । पर्सागढी ५ हर्दिया टोलका हिरा माझीका नाती ८ बर्षीय रोहित माझीलाई सो क्लबले एक थान ह्वीलचेयर सहयोग गरेको हो ।
बिगत लामो समय देखी ह्वीलचेयरबाट बञ्चित गरीब अपांग बालकको बारेमा बिभिन्न समाचार तथा सामाजिक संजालको माध्यमबाट जानकारी पाई क्लबले ह्वीलचेयर सहयोग गरेको क्लबका सचिव अनिल जयसवालले बताउनु भएको छ ।
कार्यक्रममा अध्यक्ष शशीरंजन कलवार, पूर्व अध्यक्ष संजय साह लगायतको उपस्थिती रहेको थियो । विपन्न माझी मुसहर समुदायका रोहितको घरमै पुगेर विभिन्न राहत सामाग्री हस्तान्तरण गरिएको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए ।